जनता टाइम्स

६ जेष्ठ २०७७, मंगलवार १४:२३

कोरोना संक्रमित देखिएप्छि इटहरीको दुई ओटा वडा शील, औषधी पसलबाहेक सवै बन्द


सुनसरी, जेठ ६ । इटहरी उपमहानगरपालिकाका वडा नम्वर २ का एक युवकमा कोरोना संक्रमण देखिएपछि वडा नम्वर दुई र सँगै जोडिएको वडा नम्वर ३ शिल गर्ने निर्णय गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले दुई वटा वडा जेठ ११ गतेसम्मका लागि शिल गर्ने निर्णय गरेको हो ।

वडा शिल गरेर संक्रमित युवक, युवकको परिवार र उहाँहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको खोजी सुरु गरिएको छ । वैठकले इटहरी उपमहानगरभित्रका औषधी पसल वाहेकका सवै पसल र आवत जावत वन्द गर्ने निर्णय गरेको छ । घरैमा वसेर लकडाउनको पूर्ण पालना गरी कोरोना नियन्त्रणको अभियानमा सहयोग पुर्याउन नगरवासीमा उपमहानगरले आग्रह गरेको छ ।

यसैबीच ती युवकले इटहरीको एक क्लिनिकमा पनि उपचार गराएको पाइएकाले नौ जना स्वास्थ्यकर्मीको स्वाव संकलन गरिएको छ ।