जनता टाइम्स

८ जेष्ठ २०७७, बिहीबार ११:२९

झापाका १५ संक्रमित मुम्बई र दिल्लीबाट १० दिनअघि आएको खुल्यो


भद्रपुर, जेठ ८

झापा कचनकवलका पछिल्लो पटक संक्रमति भेटिएका १५ जना नै भारतबाट आएको खुलेको छ । उनिहरु दिल्ली र मुम्बईबाट १० दिनअघि स्वदेश फर्किएको खुलेको हो ।

भारतीय सीमामा आइपुगेका उनीहरूलाई त्यहाँबाट सुरक्षाकर्मीले सोझै क्‍वारेन्टाइनमा लगेर राखेका थिए । क्वारेन्टाइनमा राखेपछि उनिहरुको स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको थियो । भारतले मजदुर उद्धारका लागि रेस सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । आजको सहित संक्रमितको संख्या कचनकवल गाउँपालिकामा मात्रै २५ पुगेको छ ।

गाउँपालिकाभरिमा बनाइएका क्‍वारेन्टाइनमा राखिएका सबै भारतीय शहरबाट आएका व्यक्ति रहेका छन् । अहिले पनि विभिन्‍न ठाउँमा गरेर एक सय ७१ जनाजति क्‍वारेन्टाइनमै छन् । कचनकवल गाउँपालिकासँग भारतको ४७ किलोमिटर सीमा जोडिएको छ। सीमा क्षेत्रका ७० स्थानमा सुरक्षाकर्मी खटाइएको छ। तर पनि अझै लुकिछिपी आउने क्रम यथावत रहेको छ ।