जनता टाइम्स

१० जेष्ठ २०७७, शनिबार १६:४१

थप ३६ जनामा कोरोना, कुल सं‌क्रमित संख्या ५८४


काठमाडौं, जेठ १० । नेपालमा आज थप ३६ जनामा कोरोना भाइरस (कोभिड १९) को सक्रमण देखिएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. बिकाश देवकोटाले आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार आज थप ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयको यो तथ्यांकसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । आज संक्रमितमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।