जनता टाइम्स

११ जेष्ठ २०७७, आईतवार १६:२७

थप १९ जनामा कोरोना संक्रमण : ६०३ पुग्यो कुल संख्या, उपचारपछि ८७ जना निको भएर घर फर्किए


काठमाडौं, जेठ ११ । आज थप १९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताडाक्टर बिकाश देवकोटाले आजको अपडेटमा यस्तो जानकारी दिनुभएको हो । यो संगै नेपालमा कुल संक्रमितको संख्या ६ सय ३ रहेको छ ।

यस्तै उपचारपछि निको भएर घर फर्कने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । स्वास्थ्य प्रवक्ता देवकोटाका अनुसार प्रदेश १ मा २६, प्रदेश २ मा १३, बागमति प्रदेशमा ९ जना कोरोना संक्रमित डिष्चार्ज भएका छन । यस्तै गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३२, सुदुरपश्चिम प्रदेशमा ५ जना उपचारपछि निको भएर घर फर्किएका छन ।