काठमाडौं, जेठ १२ । काठमाडौंमा कोरोना संक्रमित ब्यक्ति तीनै जनालाई अर्का ब्यक्तिबाट सरेको पाइएको छ । आज पुष्टि भएका काठमाडौंका तीन जना कोरोना संक्रमितमध्ये एकजना किराना पसलका सञ्चालक, एकजना ज्योतिष र अर्का व्यक्ति लकडाउनमा समस्यामा परेको बिरामी बोक्ने गाडीका चालक रहेको खुलेपछि यो तथ्य बाहिर आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंको टोखा र बुढानिलकण्ठ नगरपालिकाकाका तीन जनासहित थप ७२ जनामा कोरोना संक्रमण देखिएको जनाएको थियो । जसमा काठमाडौंको टोखा नगरपालिका–३ र ६ मा २ जना र बूढानिलकण्ठ नगरपालिका–३ मा एक जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु २७, ४१ र ३७ वर्षका भएको मन्त्रालयले जनाएको छ । यसबाहेक अन्य संक्रमित कपिलवस्तु, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखका छन् ।
प्रहरी अधिकारीका अनुसार काठमाडौंमा देखिएका तीन संक्रमितमध्ये एकजना पसल सञ्चालक, ज्योतिष र अर्का एकजना बिरामी बोक्ने गाडीका चालक हुन । एम्बुलेन्स उपलब्ध नभएको अवस्थामा नगरपालिकाकै आग्रहमा गाडीमा बिरामी ओसार्दै आएका थिए । तिनै जनामा कसरी कोरोना संक्रमण भयो भन्ने एकिन भइसकेको छैन । उनीहरुलाई अर्का ब्यक्तिबाट सरेको हो । प्रहरीले संक्रमित ब्यक्तिको सम्पर्कमा रहेको स्थानलाई शिल गरिसकेको छ भने कन्ट्याक्ट ट्रेसिङको काम पनि अघि बढाइएकोछ । ३ जनामा कोरोना संक्रमण देखिएपछि प्रहरीले ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्