जनता टाइम्स

१२ जेष्ठ २०७७, सोमबार १५:१०

विना औषधि सेवन गरी नर्सले पनि जितिन् कोरोना, संक्रमणमुक्त भएर फर्किन घर


कपिलवस्तु, जेठ १३

नेपालमै पहिलो पटक कोरोना संक्रमण देखिएकी स्वास्थ्यकर्मी संक्रमणमुक्त भएकी छन् । कोरोनामाथी जित निकाल्दै उनि सोमबार घर फर्किएकी छिन् । स्टाफ नर्ससहित ११ जना कोरोनालाई जितेर घर फर्केका छन् ।

कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स सोमबार घर फर्केकी छन् भने बाँकी १० जना आइतबार राती कोरोना अस्पताल बुटवलबाट घर फर्केका हुन् । कपिलवस्तु अस्पताल तौलिहवाको आइसोलेसन वार्डमा १४ दिन बसेर कोरोना परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि स्टाफ नर्स आज घर फर्केकी हुन् ।

स्वाबको आरटी पीसीआर परीक्षणको रिर्पोट नेगेटिभ आएपछि उनलाई घर फर्काइएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भयो । थप केही दिन घरमै क्वारेन्टिनमा रहने गरी अस्पतालको आइसोलेसन वार्डबाट उनलाई विदाइ गरिएको छ । आइसोलेसन वार्डमा रहँदासम्म आफूले कुनै प्रकारको औषधि सेवन गर्न नपरेको संक्रमित स्टाफ नर्सले बताइन् ।