जनता टाइम्स

१२ जेष्ठ २०७७, सोमबार २१:५०

विदेशबाट फर्किनेको आत्मसम्मानमा चोट नपुगोस् : प्रधानमन्त्री ओली


काठमाडौं, जेठ १३

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्किनेको आत्मसम्मानमा चोट नपु¥याउन आग्रह गर्नुभएको छ । विदेशबाट आउनेमा कोरोना देखिएको विषयलाई लिएर उहाले कसैको आत्मसम्मानमा चोट पु¥याउन नहुने बताउनु भएको हो ।

देशवासीका नाममा सम्बोधन गर्दै उहाले विदेशीने कसैको रहर नहुने बताउदै कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि नहुने स्पष्ट पार्नुभयो । ‘हामी स्पष्ट हुनुपर्दछ, कोही पनि रहरले मात्र विदेशिएको हुँदैन । कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ । कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन’, उहाले अगाडी भन्नुभयो, ‘कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरुको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन म सबै देशबासीहरुलाई आग्रह गर्दछु ।’

उहाले घर फर्किएका सबै दिदीबहिनी दाजुभाइहरुलाई आप्mना कारणले आप्mनो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमहरूको पालना गर्न अनुरोध गर्नुभएको छ । ‘अप्ठ्यारो बेलामा केही तत्वहरु जनतामा भ्रम फिँजाएर आप्mना अलग स्वार्थ र उद्देश्यहरु पूरा गर्न सक्रिय हुन सक्दछन् । यसरी जनतालाई भ्रमित गर्दै समाजमा असन्तोष फैलाउन उद्दत गैरजिम्मेवार तत्वहरुको बहकावबाट सतर्क रहन समेत आह्वान गर्दछु’, प्रधानमन्त्री ओलीको भनाई छ ।