जनता टाइम्स

१४ जेष्ठ २०७७, बुधबार ०७:०३

अमेरिकामा कोरोना भाइरसबाट १ लाखभन्दा बढीको मृत्यु, १७ लाख २४ हजार बढी संक्रमित


काठमाडौं, १४ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ७७४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ५ सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ९२९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख २५ हजार १५५ पुगेको छ ।

वुधबार विहान साढे ५ बजेको तथ्यांकका आधारमा अमेरिकामा मृत्यु हुनेको उक्त संख्या विश्वभर कोरोनाबाट मृत्यु हुनेको २८ प्रतिशतभन्दा बढी हो भने संक्रमितको संख्या विश्वभर संक्रमित हुनेको ३० प्रतिशतभन्दा बढी हो ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ७८ हजार २२५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४६ हजार ४१३ जनामध्ये १७ हजार १५२ जनाको अवस्था गम्भीर रहेको छ ।