जनता टाइम्स

१५ जेष्ठ २०७७, बिहीबार १७:१३

महामारीका बेला निजी अस्पताललाई सरकारले उपयोग गर्ने


काठमाडौं, जेठ १५

सरकारले कुनैपनि महामारीका बेला निजी अस्पताल प्रयोग गर्ने भएको छ । निजी अस्पताललाई पनि महामारीका बेला सरकारले उपयोग गर्न सक्ने व्यवस्था बजेटमै मिलाएको हो ।

आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले महामारीका बेला निजी अस्पताललाई सरकारले उपयोग गर्न मिल्ने गरी व्यवस्था गरिएको बताउनु भयो । उहाले निजी अस्पतालमा कार्यरत डाक्टरले जिल्लाका स्थानीय तहका अस्पतालमा विशेषज्ञ सेवा दिनु पर्ने पनि खतिवडाले उल्लेख गर्नुभयो ।