जनता टाइम्स

१६ जेष्ठ २०७७, शुक्रबार १३:५७

दाङबाट आठ जनाले जिते कोरोना


दाङ, जेठ १६

देशभर कोरोना संक्रमित बढ्ने क्रम जारी रहेका बेला संक्रमणमुक्त भएर घर फर्किनेको सख्या पनि बढिरहेको छ । शुक्रबारमात्र दाङबाट आठ जनाले कोरोनालाई जितेर घर फर्किनु भएको छ ।

वेलझुण्डी कोरोना विशेष अस्पताल दाङबाट आठ जना कोरोना भाइरसलाई जितेर विदा हुनु भएको हो । बाँके नरैनापुरका ३ जना, कपिलवस्तु कृष्णनगरका २ जना, कविलवस्तु कान्धी नगरका १ जना, शिवराज ११ कपिलवस्तु का १ जना र दाङ गढवाका १ जना गरी ८ जना डिस्चार्ज भएका हुन् ।

प्रदेश–५ का मुख्य मन्त्री शंकर पोखरेललाई आठै जनालाई संक्रमणमुक्त भएर विदा भएकोमा बधाई समेत दिनुभएको छ ।