जनता टाइम्स

१६ जेष्ठ २०७७, शुक्रबार १६:०१

रौतहटमा थप ५६ जनामा कोरोना


रौतहट, जेठ १६

रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा संक्रमण देखिएको हो । राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबै जनालाई गरुडास्थित विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।