जनता टाइम्स

८ जेष्ठ २०७६, बुधबार १५:३७

१५ किलो चरेससहित तीनजना पक्राउ


काठमाडौं, जेठ ८

प्रहरीले काठमाडौँको ढुंगेअड्डाबाट १५ किलो चरेससहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिनेश कार्की, सुनिता तिमिल्सिना र विश्वास थापा रहेको प्रहरीले जनाएको छ ।