जनता टाइम्स

२१ जेष्ठ २०७७, बुधबार ०७:२८

भारतमा २ लाख ७ हजारभन्दा बढीमा कोरोना संक्रमण : १ लाख २८५ जना संक्रमणमुक्त


काठमाडौं,  जेठ २१ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८२९ पुगेको छ। एकै दिन ८ हजार ८१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या २ लाख नाघेको छ । बुधबार बिहान साढे ५ बजेसम्मको तथ्यांकानुसार २ लाख ७ हजार १८३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ लाख २८५ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।