जनता टाइम्स

२१ जेष्ठ २०७७, बुधबार १५:४७

कर बुझाउने समय असार ७ गतेसम्म थप (विज्ञप्तीसहित)


काठमाडौं,  जेठ २१

सरकारले कर बुझाउने समय दुई साता थप गरेको छ । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको हो ।

यसअघि जेठ २५ गतेसम्म कर बुझाउन आग्रह गर्दै निकालेको विज्ञप्तीको विरोध भएपछि म्याद थप गरेको हो । विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको छ ।

विभागले बुधबार अर्को सूचना जारी गर्दै मूल्यअभिवृद्धि कर र अन्तःशुल्क असार ७ गतेसम्म बुझाउनु पर्ने र आयकरको दोस्रो किस्ता असार १५ सम्म बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ । उक्त मितिमा कर नबुझाएमा ब्याज तथा थप जरिवाना लाग्नेछ ।