काठमाडौं, जेठ २१
प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले पछिल्लो समय भारतीय दृष्टिकोण अमैत्रीपूर्ण र अपमानजनक रहेको भन्दै रोष प्रकट गर्नुभएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालले नयाँ नक्सा जारी गर्नुका पछाडि अरू कसैको हात हुनसक्ने अभिव्यक्ति दिईरहेका बेला मुख्यमन्त्री पोखरेलको सो भनाई आएको हो ।
नेकपाका नेता समेत रहनु भएका उहाले सामाजिक सञ्जालमा कसैको नाम उल्लेख नगरी भन्नुभएको छ, ‘भारतले जे गर्छ आफ्नो विवेकले गर्छ र नेपालले जे गर्छ त्यो कसैको उक्साहटमा गर्छ भन्ने भारतिय दृष्टिकोण अमैत्रीपूर्ण र अपमानजनक छ ।’
भारतीय टेलिभिजन च्यानल जी न्युजलाई दिएको अन्तर्वार्तामा रक्षा मन्त्री सिंहले नेपालले नक्सा जारी गर्नुको कारणबारे आफूले कसैलाई आरोपित नगर्ने बताका थिए । तर उनले त्यसमा अरू कसैको भूमिका रहेको उल्लेख गरेका छन् । यसअघि भारतीय सेनापतिले पनि यस्तै अभिव्यक्ति दिएपछि यसको नेपालका साथसाथै भारतमा पनि चर्को विरोध भएको थियो ।













प्रतिक्रिया दिनुहोस्