बैतडी, जेठ २२
बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी २२ वर्षीया महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी कमला लुहारको मंगलबार मृत्यु भएको थियो ।
उनीसँगै रहेका उनका १८ महिनाका छोरा, श्रीमान् र अन्य एक जना पुरुषको पनि पीसीआर रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले जानकारी दिनुभयो । क्वारेन्टाइनमै मृत्यु भएपछि महिला र उनीसँगै रहेका उनका छोरा, श्रीमान् र अन्य एक जना गरी ४ जनाको स्वाब संकलन गरी सेती अस्पताल धनगढी पठाइएको थियो ।
मृतक महिलाको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमै राखिएको शव आफन्तको जिम्मा लगाइएको छ । भारतको पञ्जाबबाट मृतक महिलाको परिवार जेठ १६ गते गौरीफन्टा नाका भएर घर फर्किएको थियो । १८ गतेबाट उनी क्वारेन्टाइनमा बसेकी थिइन् । स्वास्थ्यकर्मीहरुका उनुसार उनी दमको बिरामी थिइन् ।
प्रतिक्रिया दिनुहोस्