काठमाडौं, जेठ २३
संयुक्त अरब इमिरेट्स (युएई) सारजाहबाट १६८ जना नेपाली यात्रु लिएर एयर अरेबिया काठमाडौंका लागि उडेको छ । दुई कम्पनीका १६८ नेपालीलाई लिएर सो जहाज स्थानीय समय अनुसार मध्यान्ह १२ बजेर ३ मिनेटमा उडान भरेको हो । जहाजमा एक नेपालीको शव पनि छ ।
युएईले आफैले नेपाली कामदार पठाएकाले जहाजमा नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरेको यात्रु छैनन् । सरकारले प्राथमिकतामा परेको नेपाली यात्रु नपरेपछि उडानलाई अनुमति दिने कि नदिने भन्ने बिहानदेखि नै विवाद परेको थियो ।
विमानमा इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना रहेका छन् । यो विमान त्रिभुवन विमानस्थलमा साँझ ६ बजे अवतरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्