जनता टाइम्स

२९ जेष्ठ २०७७, बिहीबार २२:००

गृह मन्त्रालयले लियो कठोर निर्णय : ७७ ओटै जिल्लाका सिडियो र प्रहरी प्रमुखलाई दियो यस्तो कडा निर्देशन


काठमाडौं, जेठ २९ । गृह मन्त्रालयले सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रमलाई कडाईका साथ रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले आज बिज्ञप्ती नै जारी गरेर यस्तो निर्देशन दिएको हो ।

लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सद्भाव खलबल्याउने गरी कुनै पनि गतिविधि गर्न नदिन प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका गृह प्रवक्ता केदारनाथ शर्माले बताउनु भयो । सरकारले कालापानी लिपुलेक र लिम्पियाधुरासहितको नक्सालाई समावेश गर्न संबिधान संशोधन बिद्येयक संसदमा दर्ता गरी संशशोधन प्रक्रिया अघि बढेपछि पछिल्लो तीन दिनयता राजधानीसहित मुलुकका प्रमुख सहरहरुमा बिभिन्न बहाना बनाएर सरकारविरोधी आन्दोलन भइरहेका छन् ।

गृह प्रवक्ता शर्माले कानुन उल्लंघन गर्ने, जोखिम बढाउने र सामाजिक सञ्जालमार्फत मानिसलाई भड्काउन संगठित हुने गतिविधि कसैलाई पनि गर्न नदिने र यसका लागि प्रभावकारी कदम चाल्न प्रशासन र सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिइएको बताउनु भयो ।

यस्तो छ बिज्ञप्ती