जनता टाइम्स

३० जेष्ठ २०७७, शुक्रबार ०७:१२

अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख ८९ हजार नाघ्यो , ८ लाख १६ हजार ८६ जना संक्रमणमुक्त


काठमाडौं, ३० जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ८९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २३ हजार ३०० जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख ८९ हजार ७०१ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा शुक्रबार बिहानसम्म १ लाख १६ हजार ३४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९०४ जनाको मृत्यु भएको छ । कुल संक्रमितमध्ये ८ लाख १६ हजार ८६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ५७ हजार ५८१ जनामध्ये १६ हजार ८२७ जनाको अवस्था गम्भीर रहेको छ