जनता टाइम्स

३० जेष्ठ २०७७, शुक्रबार ०८:४७

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या १८८ पुग्यो


काठमाडौं , जेठ  ३०  । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ । शुक्रबार थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।नयाँ संक्रमितहरु पर्वतका १३ जना, स्याङ्जाका २२ जना, तनहुँका १ जना तथा नवलपरासीका १ जना रहेका छन् ।संक्रमित सबैलाई जिल्ला स्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ। नेपालभर संक्रमितको संख्या ४६ सय ५१ पुगेको छ।