जनता टाइम्स

३० जेष्ठ २०७७, शुक्रबार १२:०१

क्वारेन्टाइनको व्यवस्थापमा खटिनु भएकी नगरप्रमुखको श्वास प्रश्वासमा समस्या, अस्पताल भर्ना


डोटी, जेठ ३०

भारतलगायतका मुलुकबाट आएकालागि क्वारेन्टाइनको व्यवस्थापनमा खटिनु भएकी दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीको श्वास प्रश्वासमा समस्या देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उहालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । उहाँलाई शुक्रबार बिहान नेपाली सेनाको (स्काइ ट्रक)मार्फत उपचारका लागि काठमाण्डौ लगिएको हो । घर फर्केकाहरुका लागि क्वरेन्टीन व्यवस्थापनमा खटिँदै आउनु भएकी नगरप्रमुख मलासीमा एक हप्ता अधिदेखि श्वास प्रश्वासमा समस्या आएको उहाँका परिवारजनले जनाएका छन् ।

केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि धनगढीमा उपचार गरी डाक्टरको सल्लाह अनुसार घरमा आराम गरिरहनुभएकी नगर प्रमुख मलासीलाई बिहीबार राति एकाएक श्वास प्रश्वासमा निकै समस्या आएपछि काठमाण्डौ लगिएको उहाँका स्वकीय सचिव रविन्द्र जोशीले बताउनुभयो ।