जनता टाइम्स

३० जेष्ठ २०७७, शुक्रबार १४:४५

दैलेखमा शुक्रबार २१ जनाले जिते कोरोना


दैलेख, जेठ ३०

पछिल्लो पटक संक्रमण देखिएको दैलेखमा २१ जना कोरोना जितेर घर फर्किएका छन् । सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालमा उपचारपश्चात उनिहरुमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको आइसोलेसन अस्पतालमा उपचारमा खटिएका डाक्टर जगत थापाले बताउनुभयो ।

कोरोना जितेर घर फर्कनेमा नारायण नगरपालिका वडा नः ३ का ३०, ३०, ३०, १९ वर्षीय पुरुष वडा नं. ४ का २५, २५, ४० वर्षका पुरुष र २० महिनाको बालक वडा नं. २ बाट २१, ४३ वर्षीय पुरुष वडा नं. ६ का २७ वर्षीय पुरुष, वडा नंं ८ का २०, २०, २८ वर्षीय पुरुष, वडा नं. ९ का २२, ५० वर्षीय पुरुष, वडा नं. १० का २०, २३, १७, १७ वर्षीय पुरुष, वडा नं. ११ का २६ वर्षीय पुरुष कोरोना जितेर घर फर्किएका छन् । कोरोना जितेर घर फर्केका व्यक्तिहरूलाइ नारायण नगरपालिका वडा नं. १ का वडा अध्यक्षले दोसल्ला ओढाएर घर पठाउनुभएको छ ।