जनता टाइम्स

३१ जेष्ठ २०७७, शनिबार ०८:१०

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण : बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि


काठमाडौं,  जेठ ३१ । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । यो सगै संक्रमितको संख्या १९७ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार जारी गरेको बिज्ञप्ति अनुसार पर्वतका ४ र पूर्वी नवलपरासीका एक जना गरी थप ५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको हो । संक्रमित हुनेमा पर्वतका कुश्मा नगरपालिकाका ६ वर्षीय बालक र १७ वर्षीया युवती तथा जलजला गाउँपालिका स्थायी ठेगाना भएका १७ वर्षीय युवक र महाशिला गाउँपालिका स्थायी ठेगाना भएका १६ वर्षीय युवकमा छन् ।

यस्तै नवलपरासीको बर्दघाट सुस्ता पूर्व ९नवलपुर०मा पर्ने मध्यविन्दु नगरपालिकाका ४५ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा।विनोद विन्दु शर्माद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

पर्सामा बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि

यसैवीच पर्सामा वेवारिसे शवमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्जको घण्टाघरमा भेटिएका मृतकको नाम, थर, ठेगाना खुलेको छैन । उनको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो । मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालको एक स्रोतले जनाएको छ । यस अघि नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ । शव उठाउने लगायतका कार्यमा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।