काठमाडौं, जेठ ३१ । संघीय संसदको प्रतिनिधिसभाबाट आज निशान छापमा समेटिएको नक्सा नेपालको नक्सा अनुसार परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव पारित हुँदैछ । संविधान संशोधन बिद्येयक पारित गर्न अहिले बैठकमा प्रक्रिया अघि बढिरहेको छ ।
संघीय संसदको प्रतिनिधिसभाबाट आज निशान छापमा समेटिएको नक्सा नेपालको नक्सा अनुसार परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव पारित हुँदैछ । संविधान संशोधन प्रस्ताव खारेज गर्न समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गराएको प्रस्तावलाई सभामुख अग्नि सापकोटालेखारेज गरी सरकारको संशोधन विधेयक संसदबाट पारित गर्ने प्रक्रिया अघि बढाइएको तयारी भएको हो।
भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्साअनुसार संविधानको अनुसूची संशोधन गर्न सरकारले पेश गरेको संशोधन विधेयक खारेज गर्न सांसद गिरीले राख्नुभएको संशोधन प्रस्तावलाई सभामुखलेखारेज गर्नुभएको हो । अहिले संशोधनका लागि बैठक चलिरहेको छ ।
हेर्नाेस लाइभ
प्रतिक्रिया दिनुहोस्