जनता टाइम्स

३१ जेष्ठ २०७७, शनिबार १६:००

संबिधान संशोधन कसैको बिपक्षमा छैन, नयाँ नक्साले भारतसँगको सम्बन्ध झनै बलियो हुन्छ : विष्णु पौडेल


काठमाडौं, जेठ ३१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नयाँ नक्साले भारतसँगको सम्बन्ध झन बलियो हुने बताउनु भएको छ । संबिधान संशोधन बिद्येयकमाथि आफ्नो धारणा राख्दै महासचिव पौडेलले सो भनाई राख्नुभएको हो ।

‘संविधान संशोधन गर्ने निर्णय कसैकाविरुद्ध छैन, नयाँ नक्साले भारतसँगको सम्बन्ध झन बलियो बनाउने छ,’ महासचिव पौडेलले भन्नुभयो। उहाँले संशोधनको निर्णयले छिमेकीसँगको सम्बन्ध अझ बलियो हुने आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । ‘नेपाल कहिल्यै पराधिन भएन एउटा कालखण्डमा हाम्रो भूमि अतिक्रमित भयो’, पौडेलले भन्नुभयो, ‘नेपालको भौगोलिक अखण्डतालाई नयाँ ढंगले अगाडि बढाउन चाहन्छौँ र सक्छौ भन्ने मेरो विश्वास छ ।’

महासचिव पौडेलले नक्सा मात्र परिवर्तन नहुने र अतिक्रमित भूमि पनि प्राप्त गरिछाड्ने अठोट बताउनु भयो । ‘नक्सा परिमार्जनबाट अगाडि बढ्दै अतिक्रमित भूमि प्राप्त गर्न सफल हुनेछौँ भन्ने संकल्प यो सदनले गर्नुपर्छ’, पौडेलको भनार्ई थियो । उहाँले शक्तिले सत्यलाई पछ्याउनु अपरिहार्य भएको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो ।

‘हामी इतिहासका तथ्यलाई राखेर वार्ता गर्ने र वार्ताबाट समस्याको समाधान गर्ने पक्षमा छौँ, इतिहासका जबरजस्त तथ्य छन् । हामी टेबलमा बसेर हाम्रो हक स्थापित गर्न सक्षम हुनेछौं, महासचिव पौडेलले भन्नुभयो । उहाँले हिम्मतका साथ नक्सा सार्वजनिक गरी संबिधान संशोधन बिद्येयक ल्याएकोमा प्रधानमन्त्री केपी शर्मा ओली र सरकारलाई धन्यवाद दनुभयो ।

हेर्नाेस भिडियो