जनता टाइम्स

३१ जेष्ठ २०७७, शनिबार ००:००

प्रचण्डबिरुद्ध खनिए कमल थापा


काठमाडौं, जेठ ३१ । राप्रपा अध्यक्ष कमल थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबिरुद्ध कठोर अभिब्यक्ति दिनुभएको छ । संबिधान संशोधन बिद्येयकको बिषयमा नेकपा अध्यक्ष प्रचण्डले दिनुभएको अभिब्यक्तिलाई लिएर थापाले कठोर शब्द बाण प्रहार गर्नुभएको हो ।

थापाले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायोूभन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत र असन्तुलित मानसिकता भएको जिकिर गर्दै खेद ब्यक्त गर्नुभएको छ ।

यस्तो छ थापाको आपत्ति
राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायोूभन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत र असन्तुलित मानसिकता हो। १७ हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो। नेपालको एकिकरण र राष्ट्रिय अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो। सिंगो राष्ट्र एकढिक्का भएर तथा सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमी फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुनेछ। ईतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षा गर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री हुनुभयो। आश्चर्य लाग्छ। प्रचण्डको भनाई प्रति खेद व्यक्त गर्दछु।