जनता टाइम्स

३१ जेष्ठ २०७७, शनिबार १९:०२

संसदमा अभुतपूर्व एकतापछि प्रधानमन्त्री ओलीको उद्घोष : अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ


काठमाडौं, जेठ ३१

प्रधानमन्त्री केपी शर्मा ओलीले मिचिएको भूमि फिर्ताका विषयमा छिमेकी मुलुक भारतसँग वार्ता हुने बताउनु भएको छ । नेपालको नयाँ नक्शासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै उहाले अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताउनु भएको हो ।

प्रतिनिधिसभाको शनिबारको बैठकबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले संविधान संसोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो कुरा भएको उल्लेख गर्नुभयो । ‘संविधान संशोधन एक ढङ्गले सर्वसम्मत रुपमा पारित भएको छ, केही सांसदहरु अनुपस्थित हुनुभएको मात्रै हो, यसको विपक्षमा कोही छैन, अब भारतसँग वार्ता हुनेछ’, प्रधानमन्त्री ओलीको भनाई थियो ।