जनता टाइम्स

३२ जेष्ठ २०७७, आईतवार ०७:२९

गुल्मीमा थप १ जना कोरोना संक्रमितको मृत्यु : नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो


काठमाडौं,जेठ ३२ । गुल्मीमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

उपचारको क्रममा निधन भएको उपचारमा खटिएका डा। कविराज भुसालले बताउनुभयो । स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिनु भएको थियो तर कोसिस गर्दागर्दै पनि उहालाई बचाउन सकिएन डा। भुसालले भन्नुभयो । शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । यो सगै नेपालमा कोरोन संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । तर उनी २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको थियो ।