जनता टाइम्स

३२ जेष्ठ २०७७, आईतवार ०७:५०

कुश्मामा पहिरो, ३ जनाको ज्यान गयो , ६ जना बेपत्ता


काठमाडौं,  जेठ ३२ । पर्वतको कुश्मा नगरपालिका ३ मा पहिरोले तीन जनाको ज्यान गएको छ । पहिरोले दुर्लुङको काउलेका दुई वटा घर पनि बगाएको छ । पहिरोमा ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख विश्वराज अधिकारीका अनुसार मृत्यु हुनेमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा छन् ।

बेपत्तामा हुनेमा चार जना ९ देखि १६ वर्ष उमेर समूहका छन् । दुई जना अन्दाजी २८र२९ र ३२र३३ वर्षका व्यक्ति भएको प्रहरीले जनाएको छ ।बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । शनिबार बेलुका परेको पानी पछि पहिरो गएको हो ।