काठमाडौं, जेठ ३२
नक्सा अंकित नेपालको नक्सा प्रतिनिधिसभाबाट पारित गरेकोमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले केपी शर्मा ओली नेतृत्वको सरकारको प्रशंसा गरेका छन् ।
आइतबार एक विज्ञप्ती निकाल्दै विप्लवले नक्सा जारी गर्ने र पारित गराउने कदमको प्रशंसा गरेका हुन् । विप्लवले भनेका छन्, ‘सरकार संसद्को यो निर्णयले देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।’
साथै, नक्सा मात्र परेर जनजागरणलाई मत्थर पार्ने कार्यमा मात्र सीमित नभइ, यथाशीघ्र कुटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन पनि विप्लवले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्