जनता टाइम्स

३२ जेष्ठ २०७७, आईतवार ११:५६

नक्सा संसदबाट पारित गरेकोमा विप्लवद्वारा सरकारको प्रशंसा


काठमाडौं, जेठ ३२

नक्सा अंकित नेपालको नक्सा प्रतिनिधिसभाबाट पारित गरेकोमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले केपी शर्मा ओली नेतृत्वको सरकारको प्रशंसा गरेका छन् ।

आइतबार एक विज्ञप्ती निकाल्दै विप्लवले नक्सा जारी गर्ने र पारित गराउने कदमको प्रशंसा गरेका हुन् । विप्लवले भनेका छन्, ‘सरकार संसद्को यो निर्णयले देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।’

साथै, नक्सा मात्र परेर जनजागरणलाई मत्थर पार्ने कार्यमा मात्र सीमित नभइ, यथाशीघ्र कुटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन पनि विप्लवले सुझाव दिएका छन् ।