काठमाडौं, जेठ ३२
अफगानस्थित सयुक्त राष्ट्रसंघीय सहायता मिसनमा कार्यरत १८ जना नेपाली काठमाडौं आएका छन् । मिसनकै चार्टर्ड जहाजबाट उनिहरु साढे १२ बजे काठमाडौं आएका हुन् ।
कोभिड १९ व्यवस्थापन केन्द्र (सिसीएमसी)ले दिएको जानकारीअनुसार उक्त मिसनमा कार्यरत नेपालीहरु आफै जहाज चार्टर्ड गरेर फर्किएका हुन् । त्यस्तै आजैमात्र बांगलादेशबाट २५९ नेपाली लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आउने छ ।
प्रतिक्रिया दिनुहोस्