जनता टाइम्स

१ असार २०७७, सोमबार ०७:२७

तनहुँका ५ पुरूषमा कोरोना संक्रमण, गण्डकीमा संक्रमित संख्या २०४ पुग्यो


काठमाडौं, १ असार । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । तनहुँका ५ जना पुरूषमा संक्रमण पुष्टि भएको हो ।
यो सगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २०४ पुगेको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार बिहानै जारी गरेको बिज्ञप्ति अनुसार तनहुँको घिरिंङ गाउँपालिकाका २२ देखि ४६ वर्ष उमेर समुहका ५ जना पुरूषलाई क्वारेन्टाइनमै बसेको अवस्थामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबैलाई शुक्लागण्डकीस्थित जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राखिएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।