जनता टाइम्स

१ असार २०७७, सोमबार १६:०५

क्षमायचनासहित समाचार हटाइएको


काठमाडौं, असार १

जेठ ३२ गते यस अनलाइनमा विशेष असावधानीका विचमा छापिएको समाचार ‘एउटै नाराले उजागर गरेको दिल्लीको त्यो ग्य्राण्डडिजाइन’ मा पर्न गएको फोटो कसैले इडिट गरेको भेटिएको छ ।

हामीलाई दिएको स्रोतले सो फोटो नै इडिट गरिएको पाइएकाले क्षमायचना माग गर्दै सो समाचार र फोटो हटाइएको जानकारी गराउदछौं । यसबाट सम्वन्धित पक्ष र पाठक वर्गमा पर्न गएको भ्रमप्रति हामी क्षमायचना माग गर्दछौं ।

जिम्मेवार सञ्चारमाध्यमका रुपमा काम गर्दा गर्दै कहिले काँही असावधानीबस यस्ता समाचार पर्न गएकोमा हामी समेत दु:खी भएका छौं । तसर्थ सो समाचार हटाइएको र आगामी दिनमा यस्ता समाचार पूर्ण जिम्मेवार रहेर मात्र प्रकाशन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।