जनता टाइम्स

१ असार २०७७, सोमबार १७:०२

काठमाडौं र ललितपुरमा फेला परे पाँच जना कोरोना संक्रमित


काठमाडौं, असार १ । काठमाडौँ उपत्यकामा पाँच जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले आज आयोजित नियमित प्रेस ब्रिफिङमार्फत यस्तो जानकारी दिनुभएको हो ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार काठमाडौँका दुई जना पुरुष र दुई जना महिलासहित चार जनामा कोरानो संक्रमण देखिएको छ । यसैगरी ललितपुरकी १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी प्रवक्ता गौतमले दिनुभयो । प्रवक्ता गौतमले संक्रमितहरू कुन ठाउँका हुन भन्ने चाँहि खुलाउनु भएको छैन ।