काठमाडौं, २ असार । चीनमा फेरि कोरोना भाइरस संक्रमण फैलने खतरा भएपछि राजधानी बेइजिङमा कडाइ गरिएको छ । बेइजिङका धेरैजसो जिल्लाका विद्यालय, खेलकुद स्थल तथा मनोरञ्जन स्थलहरु बन्द गरिएको छ ।
वुहानमा देखिएको महामारी नियन्त्रणमा आएको घोषणापछि आवश्यक सावधानी अपनाएर आममानिसको जनजीवन सहज बनाइए पनि फेरि संक्रमण देखिएपछि बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरिएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको थियो । सिन्फाडी भनिने मार्केटमा ७९ जना संक्रमित फेला परेपछि उक्त मार्केटका ब्यवस्थापक बर्खास्त भएका छन् । उक्त होलसेल मार्केटमा मात्रै १० हजार जना कार्यरत रहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्