जनता टाइम्स

३ असार २०७७, बुधबार १४:३४

चितवनको प्रयोगशाला रिपोर्ट – अर्घाखाँचीका थप ३ जनामा कोरोना पुष्टि


काठमाडौं, असार ३

चितवनको भरतपुर अस्पतालमा रहेको कोभिड–१९ प्रयोगशालामा अर्घाखाँचीका तीन जनाको परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा अर्घाखाँची भूमिका स्थानका २७ र २८ वर्षीय, मालारानीका २९ वर्षीय पुरुष गरी तीन जना रहेको बताइएको छ ।

यसअघि मंगलबार अर्घाखाँचीका २००, देवचुली नगरपालिकाका ५२, चितवन मेडिकल कलेजका १, पुरानो मेडिकल कलेजका १, भरतपुर कोभिड ल्याबका १ जनाको स्वाब पीसीआर विधिबाट परीक्षण गरिएको थियो । २५५ जनाको प्रयोगशालामा परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो भने बाँकी २५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।