जनता टाइम्स

३ असार २०७७, बुधबार १९:२१

लद्दाख घटनापछि चीनप्रति भारत निकै रुष्ट, मोदीले गरे जवाफ दिने सार्वजनिक घोषणा


नयाँ दिल्ली, असार ३ । चिनियाँ सैनिकसँगको झडपमा आफ्ना २० जना सैनिक मारिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक मुख खोल्दै जवाफ दिने बताउनु भएको छ । लद्दाखको गलवान उपत्यकामा भएको झडपको ३६ घण्टापछि ४ मिनेट १२ सेकेन्ड बोल्दै भारतीय प्रधानमन्त्री मोदीले आफूलाई उक्साउनेलाई जवाफ दिन तयार रहेको बताउनु भएको हो ।

जवानहरूको बलिदान व्यर्थ जाने छैन। देशको सम्प्रभुता सर्वोच्च हुन्छ, देशको सुरक्षा गर्न हामीलाई कसैले पनि रोक्न सक्दैन। यसबारेमा कसैलाई पनि कुनै किसिमको भ्रम या सन्देह नहोस, मोदीले भन्नुभएको छ । प्रधानमन्त्री मोदीले भारत सदैव शान्तिको पक्षमा रहेको भन्दै चीनप्रति कडा आक्रोश पोख्नुभएको छ । भारत शान्ति चाहन्छ। तर भारतलाई उस्‍काउनेलाई यथोचित जवाफ दिन हामी सक्षम छौं, मोदीले भन्नुभएको छ, हाम्रा दिवंगत शहीद वीर जवानबारे देशलाई गर्व छ। उनीहरु अरुलाई पनि मार्दै मार्दै बलिदानी दिएका छन्।

सोमवार राति झडप सोमबार राति लद्दाखको १४ हजार फिटमाथिको गलवानमा भारत र चीनका जवानबीच हिंसक झडप भएको थियो। यो हमला ढुंगा, लाठी र धारिलो हतियारबाट भएको थियो। भारतका कमाण्डिङ अधिृकतसहित २० जना यो झडपमा मारिएका छन्। यसक्रममा अन्य १३५ जना घाइते भएको र ४ जनाको अवस्था गम्भीर रहेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन ।