जनता टाइम्स

३ असार २०७७, बुधबार २१:०६

प्राडा दिव्यासिंह शाह आईओएमको डिन नियुक्त


काठमाडौं, असार ३ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा प्राडा दिव्यासिंह शाह नियुक्त हुनुभएको छ । त्रिवि कार्यकारी परिषद्को आज बसेको बैठकले सर्च कमिटीबाट सिफारिस भएका मध्ये प्राडा शाहलाई डिनमा नियुक्ति गरेको हो ।

प्राडा प्रेमराज ज्ञवाली नेतृत्वको सर्च कमिटीले प्राडा प्रदीप वैद्य, प्रा डा शाह र प्राडा उत्तमकृष्ण श्रेष्ठको नाम डिनका लागि सिफारिस गरेको थियो । त्रिवि आईओएमको डिनमा डा. शाह नियुक्त भएको उपकुलपति धर्मकान्त बाँस्कोटाले जानकारी दिनुभयो । प्राडा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुनुहुन्छ । उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुनुहुन्छ ।

जेठ २२ मा प्रा डा जगदीश अग्रवालले उमेर हदका कारण डिनबाट अवकाश पाएपछि उक्त पद रिक्त रहेको थियो । त्रिवि कार्यकारी परिषदले आज शाहलाई सोही पदमा नियुक्त गरिएको हो ।