काठमाडौं, असार ४ । काठमाडौं उपत्यकामा तीन ओटै जिल्लामा नयाँ कोराना संक्रमित फेला परेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा गरी थप ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज काठमाडौंका २ जना, ललितपुरका एक जना र भक्तपुरका तीन जनामा कोरोना संक्रमण देखिएको पुष्टि गर्नुभयो । उहाँका अनुसार काठमाडौंमा १ महिला र १ पुरुष र ललितपुरमा १ पुरुष र भक्तपुरका १ महिला र २ पुरुषमा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको कोरोना परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका ६ जनासहित आज थप ६ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ६७१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । नयाँ संक्रमितमध्ये ५९१ पुरुष र ८० महिला रहेका छन । यस्तै कोरोनाबाट नेपालमा थप दुईजनाको मृत्यु भएको छ । योसहित मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्