जनता टाइम्स

६ असार २०७७, शनिबार ०९:१४

कोरोना जित्नेहरुको नजरमा सही छन प्रधानमन्त्री ओली : भन्छन, बेसार-पानी खाएरै कोरोना जितियो


काठमाडौं, असार ६ । कोरोना भाइरस परास्त गर्ने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको नेपाली जडिबुटीको बिषयलाई लिएर सामाजिक सञ्जालमा बहश निकै चर्किएको छ । प्रधानमन्त्रीबिरुद्ध खनिने समुह आलोचनाको बर्षा गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले औषधि नबनेको अवस्थामा कोरोना संक्रमितका लागि तातोपानी र बेसार उपयोगी हुने बताउनु भएपछि केही तप्काबाट नियोजित आलोचना सुरु गरिएको छ । कोरोना संक्रमितका अनुभव र जनश्वास्थ्यविदहरुको निश्कर्षका आधारमा यस्ता खानपानले रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै आएको प्रधानमन्त्री ओलीले कोरोनालाई जित्न उच्च मनोवलसहित केही नेपाली जडिबुटीजन्य औषधी सेवन गर्न सुझाउनु भएको थियो ।

उहाँको यो सुझावलगत्तै प्रधानमन्त्रीले गलत सल्लाह दिएको भन्दै मजाकको विषय बनाइयो । तर कोरोना संक्रमणबाट निको भएर घर फर्किएका व्यक्ति र परिवारले चाँही प्रधानमन्त्री ओली सही रहेको भन्दै आफूहरुले बेसार पानी पिएरै कोरोनालाई परास्त गरेको आफ्नो अनुभव सुनाएका छन । ‘प्रधानमन्त्रीको जति मजाक उडाउ तर मैले त बेसार, अदुवा र दालचिनी खाएर नै कोरोनालाई जितेको छु,’ कोरोनालाई जितेर घर फर्कनुभएका धनुषाका पत्रकार वीरेन्द्र रमणले लेख्नुभएको छ । उहाँको यो अनुभवले प्रधानमन्त्रीको आलोचना गर्ने समुहमाथि कडा प्रहार गरेको छ । यस्तै अर्का पत्रकार सुरेश बिडारीले पनि प्रधानमन्त्री ओलीको भनाई तथ्यपरक रहेको बताउनु भएको छ । ‘अदुवा, बेसार हालेर इलेक्ट्रिक जगमा पानी पिएकै हो, अनि कोरोना जितेकै हो । कसैलाई कुनै शंका ?’ केही समयअघि मात्रै कोरोनालाई परास्त गर्नुभएका वीरगन्जका पत्रकार बिडारीले लेख्नुभएको छ ।

कोरोना संक्रमित श्रीमतीलाई कोरोनामुक्त गराएका पूर्वसांसद अनन्त पौडेलले पनि प्रधानमन्त्रीको भनाइलाई समर्थन गर्नुभएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको सन्दर्भमा अभिव्यक्त विचारहरुलाई उडाउने ए स्वनाम धन्य कथित बौद्धिकजनहरु मैले र मेरो परिवारले झेलेको छ कोरोनाको संक्रमण उच्च मनोबल, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीय गुणका खानपान, तातोपानी र बाफको सेवन र नियमित सरसफाई नै कोरोनाको उपचार हो । कुनै भ्याक्सिन र औषधी नबनेको अवस्थामा आफ्ना नागरिकहरुलाई कोरोना बाट बच्न प्रधानमन्त्रीले उपायहरु सुझाउँदा उफ्रने मानसिक रोगीहरुलाई कोरोना संक्रमण नहोस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।’

यस्तै कोरोना संक्रमणमुक्त भएका अन्य थुप्रै ब्यक्तिले प्रधानमन्त्री ओलीको भनाई सही रहेको र आलोचना गर्नेहरु तथ्य भन्दा धेरै पर रहेको आफ्नो अनुभुति सुनाएका छन ।