भक्तपुर, असार ६
भक्तपुर शनिवार भेटिएका भनिएका कोरोना भाइरस संक्रमित महिला सबै हालै कुवेतबाट फर्किएका रहेको खुलेको छ । कुवेतबाट फर्किएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयको शनिबार भएको नियमित पत्रकार सम्मेलनमा भक्तपुर तोकिएर सातजनामा कोरोना संक्रमण भएको बताएको थियो तर खरिपाटी क्वारेन्टाइनमा रहेका कुवेतबाट फर्किएका आठजानमा संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।
उहाका अनुसार कास्की घर भएकी २३ वर्षीया, बारा र सुर्खेत निवासी २८ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै नवलपरासी घर भएका २९ र ३३ वर्षीया, मोरङ निवासी ४१ र ४२ वर्षीया तथा झापा निवासी ३७ वर्षीया महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै खरिपाटी क्वारेन्टाइनमा रहेका नौ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि खरिपाटी क्वारेन्टाइनमा रहेकै नवलपुरको गैंडाकोट निवासी २२ वर्षीया महिलामा कोरोना संक्रमण भएको बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्