जनता टाइम्स

७ असार २०७७, आईतवार ०७:०२

अमेरिकामा ९ लाख ७२ हजार ९४१ जना कोरोना संक्रमणमुक्त


काठमाडौं,  असार ७ । विश्वभर महामारीकोरुपमा फैलिएको नोवेल कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ३३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३३ हजार ३८८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख ३० हजार ५७८ पुगेको छ ।

आइतबार बिहानसम्म १ लाख २१ हजार ९८० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५७३ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ९ लाख ७२ हजार ९४१जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १२ लाख ४० हजार १६७ जनामध्ये १६ हजार ५४७ जनाको अवस्था गम्भीर रहेको छ ।