सिन्धुली, असार ८
सिन्धुलीमा सोमबार एकैपटक तीन युवा बेहुलाझै सिंगारिएर निस्किएपछि उनिहरुलाई देख्ने एकैछिन अलमलमा परे । अस्पतालबाट तीन बहेुला कसरी निस्किए । तर उनिहरुले बेहुँला नभएर कोरोना जितेर डिस्चार्ज भएका युवा हुन् ।
सिन्धुलीका तीन जनालाई संक्रमणमुक्त भएपछि बेहुलाझै सिगारेर अस्पतालले विदाइ गरेको हो । भारतबाट आएर सिन्धुलीको क्वारेन्टाइनमा बसेका तीन जनालाईलाई कोरोना भाइरस पुष्टि भएसँगै सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । भर्ना भएका तीनै जनालाई २२ दिनको अस्पताल बसाइपछि पिसिआर टेष्ट गर्दा नेगेटिभ आएकाले अस्पतालले विदाइ गरेको छ ।
डिस्चार्ज हुनेमा तिनपाटन गाँउपालिका ३ का चन्द्रबहादुर गोले, कमलामाई नगरपालिका ११ का राजु गोले र कमालमाई नगरपालिका १४ का मनोज गदौली रहेको जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिनुभयो । डिस्चार्ज भएका तीनै जनालाई दुबोको माला खादा अविर लगाएर प्रदेश सभा सदस्य प्रदिप कटुवाल प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा विदाई गरिएको अस्पतालले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्