जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार १४:३१

खुकुरी हानेर छोराले गरे बाबुको हत्या


रुकुम पूर्व, जेठ ९

रुकुम (पूर्व) भूमे गाउँपालिका ७, गुनाम गाउँमा छोराले बाबुको हत्या गरेका छन् । २० वर्षीय विरत विकले आफ्नै बाबु अन्दाजी ४२ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बिहान ५ बजे रमनको खुकुरी प्रहार गरी हत्या गरिएको जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार घरायसी कारणले हत्या भएको हुनसक्ने अनुमान गरिए पनि हत्या आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरेर थप अनुन्धान भइरहेको बताइएको छ।