जनता टाइम्स

११ असार २०७७, बिहीबार ०६:५१

अमेरिकामा २६ हजार कोरोना संक्रमित थपिए : मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघ्यो


काठमाडौं ११ असार ।  सयुंक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २२ लाखभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार ५ सय १९ जना नयाँ सक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या २२ लाख ९५ हजार २ सय ७२ पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख २० हजार १ सय ७१ पुगेको छ ।

चीनको वुहान शहरबाट फैलिएर विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण केही महिनायता अमेरिकामा सबैभन्दा बढी छ । विश्वका २ सय १५ मुलुकका ९५ लाख १६ हजार ८७६ जना मानिस कोरोना भाइरस संक्रमित भएका छन् ।

अमेरिकामा मात्र कोरोना भाइरसका कारण १ लाख २४ हजार २ सय ७३ जनाले ज्यान गुमाइसकेका छन् ।