जनता टाइम्स

११ असार २०७७, बिहीबार १६:५२

कतै नगएका काठमाडौंका एक बालकमा देखियो कोरोना


काठमाडौं, असार ११

काठमाडौंमा थप एक बालकमा कोरोना संक्रमण देखिएको छ । कागेश्वरी मनोहरा–१ निवासी एक बालकमा कोरोना संक्रमण पुष्टि भएको हो । लकडाउनपछि घरमै रहेका चार वर्षे बालकमा कोरोना पुष्टि भएको छ ।

संक्रमित बालक र उनकी आमालाई हाल पाटन अस्पतालमा राखिएको छ । परिक्षणका क्रममा आमालाई भने संक्रमण देखिएको छैन । परिक्षणका क्रममा बालकमा संक्रमण देखिएको शंखरापुर नगरपालिका–८ का वडा अध्यक्ष हितमान लामाले जानकारी दिनुभयो ।