जनता टाइम्स

१२ असार २०७७, शुक्रबार १६:४१

कोरोनाबाट दाङमा थप एक महिलाको मृत्यु, पहिचान अझै खुलेन


काठमाडौं, असार १२

दाङमा विहिवार वेवारिसे अवस्थामा भेटिएकी एक महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै सडकमा वेवारिसे अवस्थामा भेटिएकी महिलालाई प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो ।

अस्पताल पुग्नु अगावै ति महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाका अनुसार ११ गते मृत्यु भएकी अन्दाजी २५–३० वर्षकी ति महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना भेटिएको थियो । उनको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । योसँगै मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार थप भएका ५९३ सँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।