जनता टाइम्स

१३ असार २०७७, शनिबार ११:३५

भारतको अधिकाशं छिमेकीसँग विवाद


काठमाडौं, असार १३

भारतको पाँचै वटा छिमेकी राष्ट्रसँग विवाद चर्किएको छ । पछिल्लो समय भारतको नेपालसहित चीन, पाकिस्तान, भुटान र बंगलादेशसँग विवाद चर्किएको छ । अन्य दुई राष्ट्र श्रीलंका र माल्दिभ्ससँग पनि भारतको विवाद रहदै आएको छ ।

कतिपयसँग सीमा विवाद चुलिएको छ भने कतिपयसँग पानी र राजनीतिक विषयलाई लिएर विवाद चर्किएको हो । भारतीय इतिहासमा एकैपटक यति धेरै छिमेकी मुलुकसँग सम्वन्ध विग्रिएको यो पहिलो पटक हो । भारतको भुभागसँग जोडिएका ६ वटा राष्ट्र मध्ये पाँच राष्ट्रसँग सम्बन्ध बिग्रिएको हो ।

नेपालको भूभाग सैन्य शक्तिका कारण कब्जा गरेर बसेको भारतलाई नेपालले पटक पटक वार्तामा वस्न आव्हान गरेपनि उ अहिलेसम्म आएको छैन । नेपालले तीन पटक पत्र पठाएर औपचारिक वार्ताको निम्तो दिएपनि त्यसको जवाफ अहिलेसम्म पठाएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा जारी गरेपछि भारत चिढिएर बसेको छ ।

चीनसँग पछिल्लो समय लद्दाखको विषयमा तिव्र विवाद रहेको छ । सो क्षेत्रमा रहेको गलवान घाटीको विषयलाई लिएर दुई देशबीच सैन्य हिसात्मक घटना समेत भएको छ । जसमा भारतका २० र चीनका तीन सैनिकको मृत्यु भईसकेको छ । सो विवाद तत्कालै समाप्त हुने सम्भावना पनि अहिलेसम्म देखिएको छैन । यद्यपी दुवै देश अहिले वार्तामा बसिरहेका छन् ।

भारतको पाकिस्तानसँग विगत लामो समयदेखी विवाद छ । जानी दुस्मनका रुपमा चिनिने यी दुई देश राजनीतिक, सीमा लगायत अन्य थ्रुपै विषयमा विवाद रहदै आएको छ । एकले अर्को देशमा आंतकवादी गतिविधि बढाएको भन्दै आरोपप्रत्यारोप समेत गर्दै आएका छन् ।

बंगलादेशसँग पनि भारतको विवाद रहदै आएको छ । विगतमा लामो समयदेखी बंगलादेशसँग सीमाको विषयमा विवाद रहदै आएपनि केही समय अघि त्यसलाई मिलाउन दुई देश सफल भएका थिए । त्यसपछि भने राजनीतिक समस्या दुई देशका बीच देखिएको छ । नागरिकता संशोधन कानूनको विषयलाई लिएर दुई देशबीच अवैध प्रवासीको विषयलाई लिएर विवाद छ ।

विवाद बल्झिँदै गएपछि भुटानले केही महिना पहिले पर्यटकको रुपमा भुटान प्रवेश गर्ने भारतीयलाई दैनिक झण्डै दुई हजार रुपैयाँ शुल्क लगाएको थियो । कोरोनाका कारण अहिले त त्यहाँ कुनै पनि देशका व्यक्तिलाई प्रवेश रोकिएको छ । यहीँबीचमा पानीको विवाद चर्किएपछि भुटानले भारतीय असममा पर्ने बक्सा जिल्लामा पानी नै राकेर भारतलाई गतिलो जवाफ फर्काएको छ ।

भुटानले पानी रोकेर आफूहरुलाई समस्यामा पारेको भन्दै बक्सा जिल्लामा भुटानविरुद्ध प्रदर्शन भएको छ । इण्डिया टुडेका अनुसारत्यहाँका २६ गाउँका ६ हजार भन्दा धेरै किसान डोङ्ग नदीको पानीमा निर्भर थिए । सन् १९५३ देखि भारतले उक्त नदीलाई आफ्नो सिंचाइमा प्रयोग गर्दै आएको थियो । तर अहिले भुटानले पानी रोकेपछि यी दुई देशबीचको विवाद चर्किएको छ । यसैगरी श्रीलंका र माल्दिभ्ससँग पनि भारतको विवाद कायमै रहेको छ ।