काठमाडौं, जेठ ९
ललितपुरको ग्वार्कोस्थित आकासेपुलबाट हाम फालेर बिहीबार बिहान एक पुर्व ब्रिटस आर्मीले आत्महत्या गरेका छन्। अन्दाजी ६ बजे हाम फालेका ६० वर्षीय कीर्तिमान राईको नजिकैको बीएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ताप्लेजुङको हाङपाङ २ घर भएका ६० वर्षीय राईको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो। राईका छोराछोरी बेलायत बस्दै आएको महानगरीय प्रहरी बृत्त सातदोबाटोका डिएसपी गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्