जनता टाइम्स

१३ असार २०७७, शनिबार १६:२२

कोरोना संक्रमितको सख्या १२ हजार नाध्यो, शनिवार ५५४ संक्रमित थपिए


काठमाडौं, असार १३

शनिवार नेपालमा ५५४ कोरोना संक्रमित थप भएका छन् । योसँगै कोरोना संक्रमितको सख्या १२ हजार ३०९ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

शनिवार नै १८ महिला र ११८ पुरुष गरी १३६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको सख्या २ हजार ८४३ पुगेको छ ।

यसैगरी कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको हो । मन्त्रालयका अनुसार कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।